बाल नाट्य संस्था छुनुमुनुले वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा र वरिष्ठ नाट्यकर्मी हरिहर शर्मालाई सम्मान गरेको छ । छुनुमुनुमा १ वर्षे नाट्य कक्षा पूरा गरेका बालबालिकाको दीक्षान्त समारोहको अवसर पारेर आयोजित कार्यक्रममा थापा र शर्मालाई जनही नगद ११ हजार १ सय ११ रूपैयाँ र ताम्रपत्रसहित सम्मान गरिएको हो । उनीहरूलाई सम्मान गर्दै छुनुमुनुका अध्यक्ष युवा रङ्गकर्मी राजन भुजेलले आ-आफ्नो विधाका विराट प्रतिभालाई सम्मान गर्न पाउँदा छुनुमुनु संस्था नै गौरवान्वित भएको बताए । यस्तै, छुनुमुनुका वरिष्ठ सल्लाहकार तथा...