काठमाण्डौ – तराई–मधेशमा आज हिजो अस्तिको तुलनामा हुस्सु र कुहिरो केही कम लागेको छ । तर चिसो उस्तै छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिन्छ । पश्चिमी वायुको प्रभावले केही दिनयता दिउँसोपख आकाशमा बादल लाग्ने गरेको छ । तर पानी पर्ने सम्भावना भने नरहेको मौसमविदले बताएका छन् । मौसमविदका अ...