भेनेजुएलाको नजिक अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा अमेरिकाले अर्को एक तेल ट्यांकरको सक्रिय खोजी गरिरहेको अमेरिकी अधिकारीले बताएका छन् । यससँगै त्यसमा क्षेत्रमा तनाब थप चर्किँदै गएको छ । अमेरिकी कोस्ट गार्डले यो महिनामात्रै दुईवटा तेल ट्यांकर नियन्त्रणमा लिइसकेको छ, जसमा एक शनिबार नियन्त्रणमा लिइएको थियो । आइतबार भइरहेको पछिल्लो खोजी भेनेजुएलाले प्रतिबन्ध छल्न प्रयोग गरिरहेको भनिएको ‘डार्क फ्लीट’ अन्तर्गतको प्रतिबन्धित ट्यांकरसँग सम्बन्धित रहेको एक अमेरिकी अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार उक्त ट्य...