छुट्टै भेलाप्रति प्रदीप ज्ञवालीको असन्तुष्टि, पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति आश्चर्य

 नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशनपछि पनि केही नेताहरूले गरेको छुट्टै भेलाप्रति असन्तुष्टि जनाएका छन् । उनले महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएको उल्लेख गर्दै त्यसका निर्णयलाई अन्तिम नमान्ने हो भने पार्टी ‘अन्त्यहीन बहस क्लब’ मा रूपान्तरण हुने चेतावनी दिएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ज्ञवालीले महाधिवेशन सकिए लगत्तै भएका केही गतिविधिले आफूलाई दुःखित बनाएको उल्लेख गरेका छन् । “हिजो अस्तिका दुई दृश्यले आँखा बिझायो,” भन्दै उनले महाधिवेशनपछि केही नेताहरूले गरे...