‘ओभरस्टे’ को अवधारणा शरणार्थीलाई लागु नहुने

 सामूहिक पुनर्वास कार्यक्रम स्थगनपछि नेपाल सरकारले ‘एक्जिट पर्मिट’ नदिँदा रोकिएका भुटानी शरणार्थीले प्रक्रियासम्मत रूपमा तेस्रो मुलुक जाने अनुमति मागे अनुमति प्रदान गर्न सर्वोच्च अदालतले सरकारलाई परमादेश आदेश जारी गरेको छ ।  शरणार्थीको पुनर्वास र आवागमन अधिकारसम्बन्धी फैसलामा सर्वोच्चको संयुक्त इजलासले शरणार्थीलाई अध्यागमन कानुन अनुसारको ‘ओभरस्टे’ को अवधारणा लागु नहुने पनि फैसला गरेको छ । नेपालले जनाएको अन्तर्राष्ट्रिय मानव अधिकारको प्रतिबद्धता र आफ्नै अभ्यास अनुसार शरणार्थीको अधिकार संरक्ष...