कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार आजको बजारमा कुरीलो सबैभन्दा महँगो वस्तुको रूपमा देखिएको छ भने केही मौसमी तरकारीको मूल्यमा सामान्य वृद्धि भएको छ । समितिका अनुसार आज कुरीलोको अधिकतम मूल्य प्रतिकिलो १,२०० रुपैयाँ कायम भएको छ । त्यस्तै, मसला र जडिबुटीजन्य वस्तुहरूमा पार्सले प्रतिकिलो ७०० रुपैयाँ र पुदीना ५०० रुपैयाँसम्म पुगेको छ । सिताके च्याउ र सुकेको माछाको अधिकतम मूल्य पनि प्रतिकिलो १,००० रुपैयाँ तोकिएको छ । ...