नेपाली बजारमा फुड सप्लिमेन्ट र स्किन केयर तथा ब्युटी प्रोडक्टले उपभोक्तालाई झुक्याउँदै आएको पाइएको छ । पछिल्लो समय सामाजिक सञ्जालका इन्फ्लुएन्सरबाट विज्ञापन गर्न लगाएर यस्ता उत्पादनमा अत्यधिक मूल्य लिने गरेको पाइएको हो । सामाजिक सञ्जालमा सबैभन्दा बढी पछ्याइने (प्रभावकारी) अर्थात् इन्फ्लुएन्सरमार्फत् आफ्ना उत्पादनबारे विज्ञापन गरेर अत्यधिक मूल्यमा बिक्री भइरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी परेका छन् । जुन आजभोलि मात्रै नभएर हरेक वर्ष पर्दै आइरहेको विभागको अनुगमन टोलीका एक कर्मचारीले बताए । ...