काठमाण्डौ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरु चुनावका लागि तयार देखिएका छन् । तर दुई ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमाले अझै अलमलमा छ । नेकपाले जनसभामार्फत र रास्वपाले प्रधानमन्त्रीलाई भेटेर आफूहरु चुनावको लागि तयार रहेको जानकारी गराएका छन् । कांग्रेस र एमालेले चुनावभन्दा प्रतिनिधिसभा पुनस्र्थापनालाई बढी जोड दिएका छन् । अस्ति काठमाण्डौमा भएको सभामा नेकपाका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव बिथोल्ने काम नगर्न सबै पक्षलाई खबर...