जुम्ला – कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठूली भैली खेल्न शुरू गरिएको छ । पछिल्लो समय भैली खेल्ने चलन हराउँदै गए पनि त्यहाँका स्थानीयवासीले परम्परा बचाउनकै लागि भैली खेल्न शुरू गरेको तिला गाउँपालिका–१ का स्थानीय शेरबहादुर रावतले बताउनुभयो । पुस महिनाको प्रतिपदाका दिनदेखि खेलिने ठूली भैली जुम्लासहित कर्णालीका पाँचै जिल्लामा खेलिन्छ । पहिले मन मिल्ने बूढापाका, बालबालिका, युवकयुवतीका समूह बनाएर चार÷पाँच दिन खेलिने भैलीको महत्त्व विस्तारै घट्न थालेको तिला गाउँपालिका स्थानीय हरिचन्द्र बुढाको ...