पूर्वराष्ट्रपति भण्डारीको अभिव्यक्तिमा प्रदीप ज्ञवालीको टिप्पणी : उदेक लागेको छ

७ पुस, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अभिव्यक्ति सुनेर उदेक लागेको बताएका छन् । एक अन्तरवार्तामा भण्डारीले दिएको अन्तर्वार्ताबारे टिप्पणी गर्दै नेता ज्ञवालीले लेखेका छन्, ‘ पूर्वराष्ट्रपतिज्यूले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो । आफैं उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?’ एक टेलिभिजनमा अन्तर्वार्ता […]