कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष १५ लाखको बिक्री

बागलुङ – पछिल्ला समयमा बसाइँसराइले गाउँ रित्तिदै छ । गाउँमा भएकाहरु पनि शहर झर्ने मिति जुराउँदै छन् । जिल्लाको किमबोटबाट बसाइँ सर्नेमध्येका लोकनाथ कँडेल एक हुनुहुन्छ । १३ वर्ष अगाडि सुविधा खोज्दै बागलुङ बजार झर्नुभएका उहाँ अहिले पनि प्रायः गाउँमै भेटिनुहुन्छ । कँडेल गाउँमै भेटिनुको मुख्य कारण हो, सुन्तला । जिल्लामै अगुवा किसानका रुपमा परिचित कँडेलले बसाइँसरे पनि जग्गा जमिन र घर छोड्नु भएको छैन । किमबोट गाउँमा उहाँको ३ सय २० बोट सुन्तला छन् । यसमध्ये २ सय ५० बोटले फल दिइरहेका छन् । सुन्तलाको स्याहार सुसारका ...