जोहानेसबर्गको एक रक्सी पसलामा गोली प्रहार, कम्तीमा ९ जनाको मृत्यु

दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकैको बेकर्सडाल क्षेत्रमा रहेको एक ट्याभर्न (मद्यपानस्थल) मा भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।  घटनापछि आक्रमणकारीहरूको खोजीका लागि प्रहरीले व्यापक खोजी अभियान थालेको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब १ बजे (स्थानीय समय) दुई सवारी साधनमा आएका करिब १२ जना अज्ञात बन्दुकधारीले ट्याभर्नमा रहेका मानिसमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । मृतकमध्ये सात जना पुरुष र दुई जना महिला रहेका छन् । प्रहरीले घटनास्थलबाट भाग्न खोज्दा समेत आक्रमणक...