जेनजी आन्दोलन इफेक्ट- काठमाडौंमा कतिपय निजी विद्यालयले दिए आकस्मिक बिदा

संयुक्त जेनजी आन्दोलनले दोस्रो चरणको आन्दोलन शुरू गरेपछि सोमबार (पुस ७ गते) काठमाडौं उपत्यकाका कतिपय ठूला स्कूलले सार्वजनिक बिदा दिएका छन् ।  छोटो सूचना दिएर विद्यालयले सोमबार पठनपाठन बन्द गरेका हुन् । भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा कतिपय स्कूलबस बाटोमै रोकिएको र कतिपय स्कूलबाट विद्यार्थी निस्कन पाएका थिएनन् । त्यही त्रासका कारण सोमबार स्कूलले बिदा दिएका हुन् । मीराज ढुंगानाले नेतृत्व गरेकोसहित ३० भन्दा बढी जेनजी समूहले सोमबार आन्दोलन गर्दैछन् । सर्वपक्षीय सरकार गठनको माग राखेर गर्न लागिएको आन्दोलन शान्तिप...