नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन हुनुपर्ने बताएका छन् । उनले संविधानलाई ट्रयाकमा फर्काउन पनि फागुन २१ गते नै निर्वाचन गर्नु अनिवार्य रहेको बताएका हुन् । फागुन २१ को निर्वाचन कांग्रेसका लागि अनुकूल–प्रतिकूल जेसुकै भए पनि चुनावमा जानुपर्ने थापाले बताए । ‘पार्टीको आधिकारिक निर्णयमा टेकेर मैले भन्नुपर्छ कि फागुन २१ गते चुनाव गर्ने कुरा अनिवार्य छ,’ सोमबार बिहान काठमाडौं–४ का कार्यकर्ताहरूसँगको छलफलमा थापाले भने, ‘फागुन २१ गते चु...