माइतीघरमा प्रदर्शन गर्ने जेनजी समूहको तयारी, प्रशासनसँग लिएका छैनन् अनुमति

मीराज ढुंगानासहितको जेनजी समूहले काठमाडौंमा आज सोमबार गर्ने प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुमति नलिइएको पाइएको छ ।  प्रशासनसँग अनुमति नलिएका कारण माइतीघरमा प्रदर्शन गर्न नदिने प्रशासनको तयारी छ ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार जेनजी समूहले काठमाडौंमा प्रदर्शन गर्ने कुनै पनि सहमति नलिएकाले त्यही अनुसार सुरक्षा निकाय परिचालित हुने बताए । उनले लोकान्तरसँग भने,‘उहाँहरूले यी-यी ठाउँमा प्रदर्शन गर्छौं भनेर सहमति लिनुभएको छैन ।’ जिल्ला प्रहरी परिसर काठम...