ग्लोबल आईएमई बैंकले फूल खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने भएको छ । बैंक र फ्लोरिकल्चर एसोसिएशन नेपालबीच पुष्प खेती तथा अलंकारिक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, बैंकले पुष्प व्यवसायी वा कृषक लक्षित विशेष हरितगृह कर्जा...