आमासँग विवाद गरेर कोठा छाडेको १६ दिनपछि १७ वर्षीया आयुषा कामी मृत फेला परिन् । त्यो पनि फोहोरको डुंगुरमा तन्नाभित्र पोको पारेको अवस्थामा । प्रहरी अनुसन्धानमा जुट्यो । आयुषाको शव फेला परेको स्थाननजिकै होटल तथा गेस्टहाउसहरू सञ्चालित थिए । प्रहरीले सीसीटीभी मनिटरिङ गर्न थाल्यो । एकजना शंकास्पद व्यक्ति कपडाको पोको बोकेर बाहिरिँदै गरेको दृश्य सीसीटीभीमा कैद भएको देखेपछि सोधीखोजी गर्दा सुरज मगर भन्ने सूर्य थापा मगरको पहिचान खुल्यो । अनि शुरू भयो घटना अनुसन्धानको प्रारम्भिक बिन्दु । उदयपुरको कटारी घर भएर काठमाडौंक...