प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने बीच गोप्य संवाद भएको खुलेको छ । प्रधानमन्त्री कार्कीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ उनीहरूबीच गोप्य संवाद भएको हो । जेलबाट धरौटीमा रिहा भएपश्चात पहिलोपटक आइतबार साँझ सभापति लामिछानेसहित रास्वपा टोली बालुवाटार पुगेको थियो । प्रधानमन्त्री कार्की र रास्वपा नेताहरूबीच शुरूआतमा औपचारिक संवाद भएको थियो । उक्त संवादपश्चात केही समय प्रम कार्की र सभापति लामिछानेले गोप्य संवाद गरेको स्रोतले बतायो । ‘करिब २० मिनेट उहाँहर...