जब गगन बस्ने थाहा पाएपछि घरबेटीले कोठा दिएनन् !

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३–२४ को घटनापछि आफू र परिवारका सदस्यहरूले पाएको दु:खको बेलीविस्तार लगाएका छन् । सोमबार काठमाडौं– ४ का कांग्रेस कार्यकर्तासँगको छलफलमा थापाले घर जलेपछि कोठा खोज्दा आफू बस्ने भनेपछि नदिइएको प्रसंग सुनाएका हुन् । ‘भदौ २४ गते मेरो घरमा आगजनी भयो । म घरमै थिएँ । गाडी जलेको धुवाँले गर्दा प्रदर्शनकारीले मलाई देख्न पाएनन्, देखेको भए दुर्घटना हुन्थ्यो,’ थापाले कार्यकर्ताहरूसँग त्यो दिनको घटना स्मरण गर्दै भने, ‘घरपछाडिको ढोकाबाट परिवारका सदस्यहरू बा...