सिद्धबाबा सुरुङ मार्ग निर्माणको ६५ प्रतिशत काम सम्पन्न

पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा रहेको निर्माणाधीन सुरुङ मार्ग निर्माणको ६५ प्रतिशत काम सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । १ हजार १ सय २६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ । १ सय ५१, १ सय ६१ र १ सय ३० मिटर लम्बाइ भएका तीन वटा बाइपास सुरुङको पनि निर्माण सकिएको छ । सुरुङ मार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाल लगायतका संरचना निर्माणाधीन छन् । समग्रमा २ हजार ३ सय ९८ मिटर सडक स्तरोन्नति गर्नुपर्नेछ । पहिरो तथा ढुंगा झर्नब...