सुशीला कार्कीको बहिर्गमन र सर्वपक्षीय सरकारको माग गर्दै माइतीघरमा संयुक्त जेनजी आन्दोलनले प्रदर्शन गरेको छ । जेनजी अगुवा मिराज ढुंगाना नेतृत्वको समूहले सोमबार सर्वपक्षीय सरकार गठन, जेनजीका माग सम्बोधनलगायत माग राख्दै प्रदर्शन गरेको हो । सुशीलाले आन्दोलन हाइज्याक गरेको र जेनजीका माग पूरा गर्न चासो नदेखाएको आन्दोलनकारीको आरोप छ । उनीहरूले प्रधानमन्त्री कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालविरुद्ध नाराबाजी गरेका छन् । आन्दोलनमा निकोलस भुसाल पनि मिसिएका छन् । प्रदर्शनका लागि अनुमति नलिएको भन्दै प्रहरील...