काठमाण्डौ – नेपाल बास्केटबल सङ्घको आयोजनामा आउँदो पुस ७ गते सोमवारदेखि १२ गतेसम्म ली–निङ बास्केटबल प्रतियोगिता हुने भएको छ । काठमाण्डौको बौद्धमा रहेको डंकमान्डूमा हुने प्रतियोगिता राष्ट्रिय बास्केटबल लिगको छनोट प्रतियोगिता हुने हिजो आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । प्रतियोगितामा सहभागी १२ टोलीको प्रतिस्पर्धाबाट ४ टोली राष्ट्रिय बास्केटबल लिगको लागि छनोट हुनेछ । राष्ट्रिय लिगमा पहिले नै छनोट भइसकेको ४ टोलीसहितको ८ टोलीबिच प्रतिस्पर्धा हुनेछ । बास्केटबल प्रतियोगिताका संयोजक नोर्वु गुरुङ...