थाइल्यान्ड र कम्बोडियाको सीमावर्ती क्षेत्रमा फेरि झडप शुरू भएको छ । मलेसियामा शान्ति वार्ता हुनुअघि नै दुईदेशबीच तनाव चर्किएको अल जजिराले जनाएको छ । गएको डिसेम्बर ८ देखि फेरि चर्किएको यस द्वन्द्वमा अहिलेसम्म कम्तीमा ४० जनाको ज्यान गएको छ भने दुवै देशका झन्डै १० लाख नागरिक विस्थापित भएका छन् । कम्बोडियाले थाइल्यान्डले एफ–१६ लडाकु विमान प्रयोग गरी बान्तेय मेन्चे प्रान्तमा बम प्रहार गरेको र विषालु ग्यास प्रयोग गरेको आरोप लगाएको छ, जबकि थाइल्यान्डले आफू आक्रमणकारी नभएको दाबी गरेको छ । सीमावर्ती क्षेत्रमा भारी हतियारको प्र...