सुशीला कार्कीको बहिर्गमन र सर्वपक्षीय सरकारको माग गर्दै माइतीघरमा 'संयुक्त जेनजी आन्दोलन'का नाममा प्रदर्शन गरिएको छ । जेनजी अगुवा मिराज ढुंगाना नेतृत्वको समूहले सोमबार सर्वपक्षीय सरकार गठन, जेनजीका माग सम्बोधन लगायत नारासहित प्रदर्शन गरेको हो । सुशीला आन्दोलन हाइज्याक गरेर प्रधानमन्त्री बनेको, जेनजीका माग पूरा गर्न चासो नदेखाएको आन्दोलनकारीको आरोप छ । उनीहरूले प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध नाराबाजी समेत गरेका छन् । आन्दोलनमा निकोलस भुसाल पनि मिसिएका छन् । उनले गृहमन्त्री प्र...