भक्तपुरमा साथीको हत्या गरेको आरोपमा १ जना पक्राउ

भक्तपुर आफूसँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका- ३ घर भएका २७ वर्षीय याखा राई भन्ने सञ्जीव राई छन् । भक्तपुर नगरपालिका- ३ वंशगोपाल डेगोमनास्थित निर्माणाधीन घरमा ज्यामी काम गरी बस्ने उदयपुर घर भएका ३५ वर्षीय पूर्ण ठकरीको हत्या गरेको अभियोगमा उनलाई सोमबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना सोही निर्माणाधीन घरमा ज्यामी काम गर्दै आएका थिए । सञ्जीवले कुटपिट गर्दा पूर्णको घटनास्थलमै मृत्यु भ...