२ जनाको हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई नै पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुलीको सुनकोशी गाउँपालिका देवराज ढुंगेल र जयराम अधिकारी रहेका जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । उनीहरू दुई जना मिलेर ललितपुरमै बस्दै आएका केशवराज हायू र पारुहाङ राईको हत्या गरेका प्रहरीले जनाएको छ । हायूको शव गत मंसिर २४ गते ललितपुरको एक इनारमा भेटिएको थियो भने राईको शव त्यसको भोलिपल्ट झोलामा भेटिएको थियो । पारुहाङको शव भने भक्तपुरको सूर्यवि...