प्रतिनिधिसभा पुन:स्थापनाको पक्षमा बहुमत सांसद, ६८ जनाको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै कांग्रेस

प्रतिनिधिसभा पुन:स्थापना माग्ने निवर्तमान सांसदको संख्या १४३ पुगेको छ, जुन तत्कालीन अवस्थामा प्रतिनिधिसभामा कायम सदस्य संख्याको पूर्ण बहुमत हो । प्रतिनिधिसभामा पूर्ण सदस्य संख्याको बहुमत पुग्न १३८ सांसद आवश्यक हुन्छ । नेकपा एमालेले शुरूमा रिट दर्ता गर्ने क्रममा नै संसदीय दलका नेतासहित ७५ सांसदको हस्ताक्षर बुझाइसकेको विघटित प्रतिनिधिसभामा एमाले संसदीय दलका प्रमुख सचेतक रहेका महेश बर्तौलाले जानकारी दिए । कांग्रेसले ६८ सांसदको हस्ताक्षरसहित सोमबार पूरक निवेदन लैजाने तयारी गरेको छ । विघटित प्रतिनिधिसभामा कांग्रेस स...