इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

इन्डोनेसियाको एक प्रमुख राजमार्गमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । सोमबार बिहान भएको दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको उद्धारकर्ताहरूले बताएका छन् । राजधानी जकार्ताबाट योग्यकार्तातर्फ गइरहेको एक कोच बस राजमार्गको इन्टरचेन्ज नजिकै अवरोधमा ठोक्किएर पल्टिँदा यो दुर्घटना भएको हो । स्थानीय खोज तथा उद्धार एजेन्सीका प्रमुख बुडियोनोका अनुसार उक्त बस निकै उच्च गतिमा यात्रारत […]