सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन गर्ने केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवा रवि किरण हमालसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ‘चुनाव होइन, सुशासन चाहन्छौं’ भन्ने प्लेकार्डसहित जेनजीका विभिन्न समूहले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा मिराज ढुंगानासहितका जेनजी समूह छन् । आफूलाई सामाजिक र राजनीतिक अभियन्ता दाबी गर्ने डा. निकोलस भुसाल पनि प्रदर्शनमा देखिएका छन् ।