निर्वाचन आयोगले २०७९ सालको चुनावको तुलनामा आगामी चुनावका लागि मतदाताको संख्या १० लाखले बढेको जनाएको छ । निर्वाचन तयारी र निर्वाचन कानून संशोधन सम्बन्धमा प्रधानमन्त्री कार्यालयमा सोमबार भएको छलफलमा आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले २०७९ को चुनावको तुलनामा राजनीतिक दल र मतदाताको संख्या बढेको जानकारी दिएका हुन् । ‘२०७९ सालको चुनावको तुलनामा यसपटक १० लाख १६ हजार ७ सय ५४ मतदाता थपिएका छन्, त्यो भनेको ५ दशमलव ६५ प्रतिशत हो,’ उनले भने, ‘राजनीतिक दलको संख्या पनि २०७९ को चुनावमा ८७ दर्त...