रुद्रकली ! अनि खगेन्द्र ! आखिर तिमीहरू पनि होमियौ खाडीको यो निर्दयी ५० डिग्री रापमा । हो, गन्तव्य उही थियो, तर प्रस्थानको रंग आकाश–जमिन फरक । म निस्किँदा स्वजनका ओजिला आँखा छल्दै, काँधमा विवशताको झोला भिरेर, त्रिभुवन विमानस्थलको भीडमा एउटा ‘अज्ञात’ नाम बनेर हराएको थिएँ । बोकेर आँखामा आँसु, र, मनमा भविष्यको मधुरो धिपधिप । तर तिम्रो बिदाइ समाचारको मुख्य पृष्ठ बन्यो । राष्ट्रिय सम्मानका ढोल पिटिए, ताली र भाषणले आकाश गुञ्जियो । फरक यत्ति हो— म मानवरूपी खगेन्द्र पेटको आगो निभा...