आयात र निर्यातसँगै बढ्यो व्यापार घाटा

पछिल्लो ५ महिनामा आयात र निर्यात दुवैमा वृद्धि भएको छ । चालु आर्थिक वर्ष (आव)को मङ्सिर महिनासम्म नेपालको आयात १५.८३ प्रतिशत र निर्यात ५८.१७ प्रतिशतले वृद्धि भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार मङ्सिर महिनासम्म नेपालले कुल ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख ९२ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । गत आर्थिक वर्षको मङ्सिरसम्म ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार रुपैयाँको वस्तु आयात भएको थियो । गत आवको तुलनामा आयात १५.८३ प्रतिशतले बढेको छ । त्यस्तै, पाँच महिनामा नेपालले कुल १ खर्ब...