प्रधानमन्त्रीले बोलाएको छलफलमा एमालेबाट महेश बस्नेत सहभागी

निर्वाचन कानून संशोधन र फागुन २१ को निर्वाचन तयारी सम्बन्धमा प्रधानमन्त्रीले बोलाएको छलफलमा एमाले सचिव महेश बस्नेत सहभागी भएका छन् । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी छलफलमा एमालेले सचिव बस्नेतलाई पठाएको हो । ११ औं महाधिवेशनबाट सचिव निर्वाचित भएपछि बस्नेत पदाधिकारीको हैसियतमा छलफलमा सहभागी भएका हुन् । बस्नेतले संविधान विपरीतको सरकार भन्दै प्रधानमन्त्री सुशीला कार्कीको विरोध गर्दै आएका थिए । छलफलमा नेपाली कांग्रेसबाट सहमहामन्त्री महेन्द्र यादव, नेकपाबाट राजेन्द्र पाण्डे तथा रास्वपाबाट शिशिर खना...