दमकको हिरासतबाट भागेका थुनुवा साढे ३ महिनापछि पक्राउ

इलाका प्रहरी कार्यालय दमकको हिरासतबाट भागेका एक थुनुवालाई प्रहरीले साढे तीन महिनापछि नियन्त्रणमा लिएको छ । गत भदौ २३-२४ गते देशभर भएको जेनजी आन्दोलनका क्रममा हिरासतबाट भागेका सवारी ज्यान मुद्दाका अभियुक्तलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेमा तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर ४ घर भएका २५ वर्षीय आङदावा शेर्पा छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आज दमक नगरपालिका वडा नम्बर ६ स्थित बजार क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो । सवारी ज्यान मुद्दामा...