फिल्मी कहानीभन्दा खतरनाक घटना : ऋण तिर्नुपर्छ भनेर जेठानसहित २ जनाको हत्या

ललितपुरमा दुईजनाको हत्याको अनुसन्धानका क्रममा फेला परेको तथ्य कुनै फिल्मी कहानीभन्दा कम रोचक छैन । सिन्धुलीका केशवराज हायु र सिन्धुलीकै देवराज ढुंगेल नाताले जेठान–ज्वाइँ हुन् । ढुंगेलले श्रीमतीलाई जापान पठाउन अरू नै व्यक्तिसँग पाँच महिनाअघि ११ लाख रुपैयाँ ऋण लिएका हुन्छन् । ऋण दिएका व्यक्तिले पटक–पटक पैसा फिर्ता मागेपछि ढुंगेलले आफ्ना जेठान हायुसँग माग्छन् । हायु एक्लैसँग ११ लाख नभएपछि ढुंगेलले भोजपुरका पारुहाङ राईसँग पनि पैसा माग्छन् । दुवै जनासँग गत मंसिर १७ गते ढुंगेलले ११ लाख ऋण लिएर शुरू...