विदेशमा रहेका नेपालीको मताधिकार, अन्तर निर्वाचन क्षेत्र मतदान र 'नो भोट' प्रावधानबारे सरकारद्वारा सुझाव माग

काठमाण्डाै – सरकारले चुनावसँग सम्बन्धित तीन वटा विषयमा राजनीतिक दल र सरोकारवाला पक्षसँग सुझाव मागेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानन्त्री सुशीला कार्कीको उपस्थितिमा चलिरहेको सर्वपक्षीय छलफलमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषय, अन्तर निर्वाचन क्षेत्र मतदानको व्यवस्था र 'नो भोट' को प्रावधानबारेमा सुझाव माग्नुभएको हो । उहाँले यी तीन वटा विषयलाई सम्बोधन गर्ने गरी सरकारले चुनावसँग सम्बन्धित चार वटा ऐन संशोधन गर्न लागेको जानकारी गराउनु...