सुनको मूल्य इतिहासमै पहिलो पटक ४ हजार ४ सय अमेरिकी डलर पुग्यो

सुनको मूल्य इतिहासमै पहिलो पटक ४ हजार ४ सय अमेरिकी डलर पुगेको छ । विश्वभर आर्थिक र राजनीतिक अनिश्चितताको कारणले गर्दा लगानीकर्ताहरूले आफ्नौ पैसा राख्न सुरक्षित ठाउँहरू खोजिरहेका बेला आज सुनको मूल्य प्रति औंस ४ हजार ४ सय डलरको कीर्तिमानी उच्चतम विन्दुमा पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ । यस्तै चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । चाँदीको मूल्य प्रति औंस ६९ दशमलव ४४ डलरको कीर्तिमानी विन्दुमा पुगेको हो । यो वर्षको शुरुआतमा प्रति औंस झन्डै २ हजार ६ सय २४ रहेको सुन डिसेम्बरको अन्त्यसम्ममा ४ हजार ४ स...