संसद् पुनःस्थापनाको पक्षमा विघटित प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेसका शीर्ष नेताहरूले नै हस्ताक्षर नगरेको पाइएको छ । नेपाली कांग्रेसले संसद् पुनःस्थापनाको मागसहित सर्वोच्चमा रिट दर्ता गराएको छ । विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्याम घिमिरे तथा सचेतक सुशीला थिङसहित ८ जनाको हस्ताक्षरमा रिट दर्ता गरिएको हो । अहिले कांग्रेसले पूरक निवेदन लैजाने तयारी गरिरहेको छ । जसमा ६८ जना कांग्रेस सांसदले हस्ताक्षर गरेका प्रमुख सचेतक घिमिरेले जानकारी दिए । यद्यपि कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरब...