पुन:स्थापना निकास होइन, चुनाव भाँड्ने गरी शीर्ष नेताले उत्तेजना फैलाउन हुन्न– कनकमणि दीक्षित

नागरिक समाजका अगुवा एवं वरिष्ठ पत्रकार कनकमणि दीक्षितले अहिलेको राजनीतिक संकटको समाधान प्रतिनिधि सभाको पुन:स्थापनाभन्दा पनि चुनाव भएको बताएका छन् । चुनावको वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेताले उत्तेजनाको भाषा बोल्न नहुने र सरकारले नेतालाई लगाएको स्थानहद हटाउनुपर्ने उनको भनाइ थियो । निर्वाचन तयारी सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले सोमबार आयोजना गरेको छलफलमा दीक्षितले छेडखानीमा परेको संविधानलाई ट्रयाकमा ल्याउनका लागि निर्वाचन मात्र विकल्प भएको बताएका हुन् । ‘मेरो विचारमा संसद् पुन:स्थापनाभन्दा पनि ...