डोटीको वन उपभोक्ता समितिका अध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर २ स्थित समाज कल्याण जनजागृत वन उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर पुन मगरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले मगरसहित उपभोक्ता समितिका सचिव तारादेवी साउद र कोषाध्यक्ष दिलबहादुर साउदलाई पनि प्रतिवादी बनाएको छ । तीनै जनाविरुद्ध ३ लाख १ हजार ९९६ रुपैयाँ बिगो कायम गरिएको छ । वन क्षेत्रमा वृक्षारोपणको लागि डिभिजन वन कार्यालय ...