गोला प्रथाबाट चुनाव चिन्हको मर्यादा तोक्न अध्यादेश ल्याइएको हो भने आपत्तिपूर्ण– महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले गोला प्रथाबाट दलहरूको चुनाव चिन्हको मर्यादाक्रम तोक्ने तयारीप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी सम्बन्धमा सोमबार आयोजना गरेको छलफलमा सचिव बस्नेतले सरकारले ल्याएको अध्यादेशमा गोला प्रथाबाट चुनाव चिन्हको मर्यादा तोक्ने तयारी गरेको भन्दै आपत्ति जनाएका हुन् । ‘लोकतान्त्रिक प्रणाली विपरीत सरकारले भटाभट अध्यादेश ल्याइरहेको छ । हिजोको अध्यादेशमा पनि हाम्रो विमति छ । पूरै त पढ्न पाएको छैन, मैले सुनेअनुसार अध्यादेशमा दलहरूको चुनाव चिन्ह सन्दर्भमा गोला प्रथाद्वार...