अहिले आगलागीका घटना बढिरहेको छ । आगलागीका घटनाका मुख्य कारणमा विद्युत उपकरण, ग्यास सिलिन्डर र मानवीय गतिविधि हुन् । जाडो र सुक्खायामको मौसममा आगलागीका घटना धेरै हुन्छन् । वनजङ्गलमा डढेलोका घटना हुन्छन् । प्रकृतिबाट हुने छुट्टै घटना छन् । काेही कसैले आगाे लगाइदिने घटना पनि छन् । काठमाण्डौ उपत्यकामा आगलागीका घटना बढ्दो छ । यसको मुख्य कारण भनेको विद्युत् गडबडी नै हो । हिटर, गिजरलगायतका विद्युतीय उपकरणकाे प्रयाेग गर्दा बिजुली गएको बेला स्विच अफ नगरि छाड्ने र पछि ओभरलोड (अधिक विद्युतीय भार) हुने कारण आगलाग...