फूटबल स्टार मेसीलाई ३ दिनको भारत भ्रमणका लागि १ अर्ब रुपैयाँ पारिश्रमिक

समकालीन विश्व फूटबलका महान खेलाडीमध्येका एक अर्जेन्टिनी फूटबल स्टार लियोनल मेसी आफ्नो तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किइसकेका छन् । तर, मेसीको भारत भ्रमणका क्रममा शुरू भएको विवाद अझै साम्य भएको छैन । भ्रमणका क्रममा साल्ट लेक सिटी स्टेडियममा समर्थकले उपद्रो  गरेपछि मेसी निर्धारित समयभन्दा अगाडि नै रंगशालाबाट बाहिरिएका थिए । त्यसपछि कार्यक्रममा व्यवस्थापन गतिलो नभएको आरोप लगाउँदै स्थानीय प्रशासनले मुख्य आयोजक शतान्दु दत्तालाई पक्राउ गरेको थियो । पक्राउ परेका दत्ताले प्रहरीलाई दिएको बयानअनुसार स...