लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने

क्रिकेट खेलको प्रबर्द्धन र विकासका लागि यही पुस अन्तिम साता बुद्ध जन्मस्थल लुम्बिनीमा लुम्बिनी प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोक रेस्पोन्स टिम लुम्बिनीको आयोजनामा पुस २६ गतेदेखि शुरू हुने प्रतियोगितामा नेपाली र भारतीय टिमहरू सहभागी हुने छन् । प्रतियोगिताबारे सोमबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष जमसेद आलम खानले जिल्लामा ठूलो पुरस्कार राशिको क्रिकेट प्रतियोगितामा नेपालका ८ र भारतका ८ टिमको सहभागिता रहने जानकारी दिए । इन्डो नेपाल क्रिकेट प्रतियोगिता लुम्बिन...