अचानक कुनै नाटकीय परिवर्तन नभए पुस अन्तिमसम्म नेपाली राजनीतिमा नयाँ घटनाक्रम विकास हुने सम्भावना देखिएको छ । लोकान्तरको सम्पर्कमा आएका घरेलु र भूराजनीतिका एक दर्जन बढी स्रोतहरूका अनुसार पुस अन्तिमसम्म विघटित प्रतिनिधिसभा पुन:स्थापना गरी जेनजीसहितको सर्वपक्षीय सरकार गठन गर्ने र आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन सार्ने विषयमा जेनजीको ठूलै समूह र प्रमुख राजनीतिक शक्तिहरू जोडतोडले जुटेका छन् । उनीहरूबीच सहमतिको एउटा खाका समेत तयार भैसकेको विश्वस्त स्रोतको दाबी छ । स्रोतका अनुसार, पहिलो प्रयास राष्ट्रपतिबाटै स...