७ पुस, काठमाडौं । अफ्रिका कप अफ नेसन्सको उद्घाटन खेलमा आयोजक मोरक्कोले कोमोरोसलाई २–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। रबाटस्थित प्रिन्स मौले अब्देल्लाह स्टेडियममा वर्षाका बीच भएको खेलमा मोरक्कोले अपेक्षाअनुसार सहज खेल देखाउन सकेन। पहिलो हाफमा मोरक्कोले बलमा नियन्त्रण राखे पनि गोल गर्न असफल भयो। सुरुआतमै पाएको पेनाल्टीमा पनि सोफिन रहिमी चुकेका […]