समयमै चुनाव हुनेमा नागरिक अगुवाको आशङ्का

 काठमाण्डाै – नागरिक अगुवाहरूले समयमै चुनाव हुनेमा आशङ्का व्यक्त गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बोलाउनुभएको सर्वपक्षीय छलफलमा नागरिक प्रतिनिधिहरूले समयमै चुनाव हुनेमा आशङ्का व्यक्त गर्दै सरकारलाई सुझाव दिएका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले सरकारलाई बाहिरी हस्तक्षेप भएको खण्डमा र सरकारले निर्वाचन आयोगमा हस्तक्षेप गरेको खण्डमा देशले समयमा निकास नपाउने बताउनुभयाे । उहाँले सरकारको काम राजनीतिक परिचालन, समन्वय, सबैलाई सहभागी गराउने...