काठमाण्डाै – देशभर १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानन्त्री सुशीला कार्कीले आज बाेलाउनुभएकाे सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले याे जानकारी दिनुभएको हो । प्रवक्ता भट्टराईका अनुसार अहिले प्रतिनिधिसभा सदस्य चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका दलहरूको सङ्ख्या १ सय १४ पुगेको छ । गएकाे २०७९ सालको चुनावमा ८७ वटा दलले भाग लिएका थिए । भट्टराईले दलहरूको सङ्ख्या बढेका ...