गुल्मीको सदरमुकाम तम्घासस्थित बसपार्क नजिकै एक वर्कसपमा आगलागी हुँदा करिब ६० लाख बराबरको क्षति भएको छ । बसपार्कस्थित सुजता अटो वर्कसपमा सोमबार अपरान्ह विद्युत सट हुँदा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगलागी हुँदा करिब ६० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।