सन् २०२५ मा कृत्रिम बुद्धिमत्ता अर्थात् 'आर्टिफिसियल इन्टेलिजेन्स' (एआई) को प्रभावले गर्दा झन्डै ५५ हजार मानिसले रोजगारी गुमाएका छन् । अमेजन, माइक्रोसफ्ट र सेल्सफोर्सजस्ता ठूला कम्पनीहरूले हजारौं कर्मचारी कटौती गर्दा एआईलाई मुख्य कारण बताएका विश्वको प्रसिद्ध वित्तीय च्यानल सीएनबीसीले जनाएको छ । यस वर्ष अमेरिकामा मात्रै ११ लाख ७० हजार रोजगारी कटौती भएको छ । याे सङ्ख्या सन् २०२० को कोभिड–१९ महामारीपछिको सबैभन्दा धेरै हो । अमेजनले यस वर्ष आफ्नो इतिहासकै सबैभन्दा ठूलो कर्मचारी कटौती गर्दै १४ हजार कर्पोरेट पद हटाएको...